डेढ वर्षभित्र पूरै देश उज्यालो हुने प्रधानमन्त्री प्रचण्डको दाबी

82 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले डेढ वर्षभित्र पूरै देश उज्यालो हुने दाबी गर्नुभएको छ । आज जनतासँग माओवादी विशेष रुपान्तरणअन्तर्गत काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रचण्डले डेढ वर्षभित्र एउटा पनि घर विद्युत नपुगेको नरहने जिकिर गर्नुभयो ।

प्रधानमन्त्रीले डेढ वर्षभित्र सारा देश उज्यालो बनाउने लक्ष्यका साथ आफूहरुले काम गरिरहेको बताउनुभयो । उहाँले आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङ अन्त्य गरेको भएपनि त्यसको प्रचार गर्न नसकेको बताउनुभयो । उहाँले लोडसेडिङको अन्त्य गरी आफूले नै नेपाललाई उज्यालो नेपालको नयाँ युगमा प्रवेश गराएको दाबी गर्नुभयो ।