सबै उच्च अदालतमा आजदेखि स्वचालित पेशी प्रणाली सुरु

93 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आजदेखि सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणाली सुरु भएको छ ।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले आज पाटन उच्च अदालतबाट सबै उच्च अदालत र इजलासमा स्वचालित पेशी तारेख व्यवस्थापन प्रणालीको शुभारम्भ गर्नुभएको छ । यसअघि गोला प्रथाबाट पेशी तोकिँदै आएको थियो ।

तत्कालीन न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको अध्ययन समितिले अदालतमा हुने विकृति, विसंगति हटाउन स्वचालित पेशी प्रणाली लागु गर्न सुझाव दिएको थियो ।

सर्वोच्च अदालतमा गत भदौदेखि नै स्वचालित पेशी प्रणाली सुरु भइसकेको छ । प्रधानन्यायाधीश श्रेष्ठले गत भदौ ११ गतेदेखि सर्वोच्च अदालतमा स्वचालित रुपमा मुद्दाको पेशी तोक्ने प्रणाली सुरु गर्नुभएको थियो । यसबाट सकारात्मक नतिजा देखिएको भन्दै श्रेष्ठले सबै उच्च अदालतहरुमा यो प्रणाली लागू गर्न परिपत्र गराउनुएको थियो ।