पर्यटनमन्त्री सुदन किराँतीको राजिनामा माग्दै काठमाडौंमा प्रदर्शन

412 पटक पढिएको

९ पुष २०८०, सोमबार १९:३८ सम्पादक: धादिङ न्यूज

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजिनामा माग्दै काठमाडौंमा प्रदर्शन भएको छ।

सनातन धर्मावलम्वीहरु आज गौशालादेखि नाराबाजी गर्दै मन्त्री किराँतीको बर्खास्तीको माग राखेर संसद भवन घेराउ गर्न बानेश्वर आइपुगेका हुन्।

विरोध प्रदर्शनमा सहभागीहरुले मन्त्री किराँतीले गैरजिम्मेवार अभिव्यक्ति दिएकोले मन्त्री पदमा बसिरहन योग्य नरहेको भन्दै शंख फुक्दै र राजीनामा माग्दै विभिन्न पम्पलेट तथा प्लेकार्ड प्रदर्शन गरेका हुन्।