विश्वविद्यालयहरुमा अबदेखि राजनीतिक भागबन्डा हुँदैन: प्रचण्ड

79 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबन्डा नहुने बताउनुभएको छ ।

आज मंगलबार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले अब विश्वविद्यालयहरुमा राजनीतिक भागबण्डा नहुने बताउनुभएको हो ।

प्रधानमन्त्री दाहालले संसारको कुनैपनि कुनामा रहेका योग्य नेपालीले विश्वविद्यालय सुधारको प्रष्ट र इमान्दार खाका सहित उपकुलपतिमा दाबी गर्न सक्ने बताउनुभयो । अब मेरिटोक्रेसी शुरु हुने र त्यसको प्रस्थान बिन्दु त्रिभुवन विश्वविद्यालय हुने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री दाहालले शिक्षामा गुणस्तरीय र प्रतिष्पर्धी जनशक्ति देशभित्रै उत्पादन गर्न सरकारले बहुआयामिक कदम चाल्ने बताउनुभयो । उहाँले विद्यालयलाई राजनीतिक क्रिडास्थल बनाउनु नहुने भन्दै यसको निम्ति सरोकारवाला सबैको साथ चाहेको बताउनुभयो । यसै वर्षदेखि शिक्षक, विद्यार्थी अनुपातमा पनि सुधार गरिने बताउनुभयो ।