अबका दिनमा सरकारको कार्यशैली बदलिने प्रधानमन्त्रीको भनाइ

112 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विगत एक वर्षमा सरकारको कामले आफ्नो हुटहुटी अनुसारको परिणाम नआएको बताउनुभएको छ ।

आजर सरकार गठनको एक वर्ष पुगेको अवसरमा राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले विगत एक वर्षमा सरकारको कामको परिणाम आफ्नो हुटहुटी अनुरुप हुन नसकेको स्वीकार गर्नुभएको हो । उहाँले सरकार असफल भने नभएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले अबका दिनमा सरकारको कार्यशैली बदलिने बताउनु भयो । उहाँले आगामी दिनमा आफु पूर्व निर्धारित र अपरिहार्य बाहेकका कुनैपनि बाहिरि कार्यक्रममा नजाने बताउनुभयो । उहाँले बाहिर नगई नयाँ नीति, कार्यक्रम र बजेटको तयारी, विकास र सुशासनमा रहेको समस्या समाधान गर्न लाग्ने बताउनुभयो ।

प्रधानन्त्री दाहालले यहीँ साताभित्रमा प्रधानमन्त्री कार्यालयको संरचनात्मक परिवर्तन गर्ने पनि बताउनुभयो ।