प्यूठानमा माइक्रो बस दुर्घटना, १८ जना यात्रु घाइते
253 पटक पढिएको
काठमाडौं। प्यूठानमा माइक्रो बस दुर्घटनामा परेको छ। नमस्ते दाङ यातायात प्रालिको उक्त माइक्रो दुर्घटनामा पर्दा १८ जना यात्रु घाइते भएका छन्।
प्यूठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ जाँदै गरेको लु २ ख ३०९३ नम्बरको माइक्रो बस सरुमारानी गाउँपालिकाको बड्डाडानजिकै दुर्घटनामा परेको हो ।
घाइतेहरूको भालुबाङ दाङमा उपचार जारी रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सागर भुषालले जानकारी दिनुभयो। दुर्घटनाको कारण भने खुल्न नसकेको र थप अनुसन्धान अगाडी बढाइएको भुषलले जानकारी दिनुभएको छ ।







