गठबन्धन सरकार पाँचै वर्ष जाने प्रधानमन्त्री प्रचण्डको दाबी
288 पटक पढिएको
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान गठबन्धन सरकार पाँचै वर्ष जाने दाबी गर्नुभएको छ।
गोरखामा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धन सरकारको १ वर्षे कार्यकालमा केही नयाँ रेकर्ड कायम गरेको दाबी गर्दै बाँकी ४ वर्षमा अझ धेरै राम्रा काम गर्ने भएकोले गठबन्धन सरकार पाँचै वर्ष जानेमा कुनै शंका नरहेको दाबी गर्नुभएको हो।
सम्बोधनमा उहाँले भन्नुभयो,‘सरकारले यो एकवर्षे कार्यकालमा केही रेकर्ड कायम हुने कामहरु गरेको छ।नागरिकता समस्या,मिटरब्याजीको समस्या,सामाजिक सुरक्षाको क्षेत्र,विकास निर्माणको क्षेत्र, बुढिगण्डकी आयोजना, जलवायु न्यायको विषयमा पर्वतीय देशहरुको नेतृत्व गरिएको छ। एक वर्षमा यति काम भए भने बाँकी ४ वर्षमा त झनै धेरै राम्रा काम हुनेछन्।’
सरकारले राम्रा कामको सुरुवात गरेको भएको भएपनि गणतन्त्र र परिर्वतन विरोधीहरुले ती काम राम्रा भए भनेर नभन्ने बताउँदै उहाँले राम्रा कामको प्रचार जनता र परिर्वतन पक्षधरले गर्नुपर्ने उल्लेख गर्नुभयो।







