काँग्रेस केन्द्रिय समितिको बैठक बस्दै

81 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो १ बजेबाट पार्टी केन्दिय कार्यालय सानेपामा शुरु हुनेछ । आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुने पार्टीले जनाएको छ ।

साथै बैठकमा पुष्पकमल दाहाल नेतृत्वको सरकार एक वर्ष पुगेको अवसरमा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले आन्तरिक समिक्षा गर्ने र पार्टीबाट सरकारमा गएका मन्त्रीहरुको कार्यसम्पादन मूल्यांकन गरिने बताइएको छ ।

गत मंसिर २९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिश गर्न विधान बमोजिम प्रदेश कार्यसमितिलाई परिपत्र गर्ने निर्णय गरेको थियो ।

यसअघि कांग्रेसले महासमितिको बैठक २०८० फागुन ७ देखि १० गतेसम्म ललितपुरमा गर्ने जनाइसकेको छ ।