सन्दीप लामिछानेको सुनुवाइ नसकिएपछि आज पनि हेर्दाहेर्दैमा

125 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी रहेको मुद्दाको सुनुवाइ नसकिएपछि बिहीबार(आज) पनि हेर्दाहेर्दैमा राखिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा जारी सुनुवाइमा प्रतिवादीकै तर्फबाट बयान नसकिएपछि मुद्दालाई आज पनि हेर्दाहेर्दैमा राखिएको हो ।
आइतबारदेखि अन्तिम सुनुवाइ सुरु भएको मुद्दामा आज आदेश आउन सक्ने अपेक्षा थियो ।
प्रतिवादीको बहस नसकिएको र जवाफी बहस समेत बाँकी नै रहेको अवस्थामा शुक्रवार पुनः सुनुवाइ हुनेछ । लामिछानेमाथि नाबालिग बलात्कारको अभियोग छ ।