प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनर्संरचना गरिने

74 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पुनर्संरचना गर्ने भएको छ ।

आज बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले कार्यालयको पुनर्संरचना गर्ने र त्यसका लागि कर्मचारी व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले हालको साबिक दरबन्दीमा ६८ वटा दरबन्दी कटौती हुने जानकारी दिनुभयो ।