ईपीएस परीक्षाको विषयलाई लिएर भएको आन्दोल रोक्न बालकुमारीमा प्रहरीले चलाएको गोली एक जनाको मृत्यु

104 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाण्डौ । ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर एक जना युवाको ज्यान गएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई लिएर भइरहेको युवाहरुको आन्दोलन उग्र बनेपछि प्रहरीले गोली चलाएको थियो । गोली लागेर दैलेखको महाबु गाउँपालिका ६ का सुदन राउतको ज्यान गएको ललितपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो । उनको उपचारका क्रममा पाटन अस्पतालमा ज्यान गएको हो ।

युवाहरुको भिड अनियन्त्रित भएको र वरपरका पसल तथा गाडीमा अन्धाधुन्ध आक्रमण गर्न थालेपछि प्रहरीेले बल प्रयोग गरेको उहाँले बताउनुभयो । केही प्रहरी  र आन्दोलनकारी घाइते भएका छन् । घाइतेको विभिन्न अस्पतालमा उपचार भए पनि संख्या यकिन नभएको एसपी केसीले बताउनुभयो । ५४ जनालाई पक्राउ गरिएको पनि प्रहरीले जनाएको छ । प्रहरीले लाठीचार्ज र अश्रुग्यास हानेर युवालाई तितर बितर पारेको छ ।

आन्दोलन गरेका युवाहरुले आजै मन्त्रीको गाडी समेत जलाएका छन् ।