बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाको छानबिन गर्न समिति गठन

120 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डौ – ललितपुरको बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटना र प्रदर्शन लगायतका विषयमा छानबिन गर्न गृह मन्त्रालयले तीन सदस्यीय समिति गठन गरेको छ । प्रहरी नायब महानिरीक्षक (डीआइजी) लालमणि आचार्य संयोजक रहेको समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका एसपी बासु सिग्देल सदस्य रहेका गृह मन्त्रालयले जनाएको छ।

समितिलाई सात दिन भित्र घटनाको छानबिन गरी प्रतिवेदन दिन भनिएको छ ।