गाजामा सङ्क्रामक रोग फैलिन थाल्यो

86 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

एजेन्सी । संयुक्त राष्ट्रसङ्घले गाजामा सङ्क्रामक रोग फैलिन थालेको जनाएको छ ।

संयुक्त राष्ट्रसङ्घको कार्यालय ९ओसीएचए० ले गाजामा सङ्क्रामक रोग तथा महामारी तीव्र रुपमा फैलिन थालेको जानकारी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको हो ।

राष्ट्रसङ्घका अनुसार झन्डै १ लाख ८० हजार मानिस श्वासप्रश्वासको सङ्क्रमणबाट पीडित भएका छन् भने १ लाख ३६ हजार जनाभन्दा बढी मानिस झाडापखालाबाट ग्रसित भएका छन् ।

तीमध्ये आधा जनसङ्ख्या पाँच वर्षमुनिका बालबालिकाको रहेको सिन्ह्वाले जनाएको छ । गाजामा ठेउला तथा विभिन्न छालासम्बन्धी सङ्क्रमण पनि फैलिन थालेको ओसीएचएले जनाएको छ ।

राष्ट्र सङ्घका अनुसार विशेषत दक्षिणी गाजामा यसको समस्या विकराल बन्दै गएको छ । तर, इजरायलको निरन्तरको आक्रमणका कारण गाजापट्टीका धेरै अस्पतालहरू सेवा दिन नसक्ने अवस्थामा पुगेका राष्ट्रस‌ंघले जनाएको छ ।