माओवादी विशेष रूपान्तरण अभियान भोलि सकिँदै

102 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले थालेको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान जनपरिचालनसहित सोमबार समापन हुने भएको छ ।

साउनको तेस्रो साता प्रज्ञा भवन कमलादीमा बसेको केन्द्रीय समिति बैठकले तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको थियो । बैठकको निर्णय बमोजिम भदौ १६ गते सातै प्रदेशका ७५३ पालिका र वडामा अभियान सञ्चालन गरेको हो ।

यसअघि मंसिरको १६ गते समापन गर्ने भनिए पनि माओवादीले अभियान एक महिना थप गरेको हो । पालिकास्तरमा जनपरिचालन गरी अभियान समापन हुने केन्द्रीय उपमहासचिव एवं सम्पर्क समन्वयका इन्चार्ज गिरिराजमणि पोखरेलले बताउनुभयो । बागमती प्रदेशको हकमा तीन प्रदेशको समन्वयमा अभियान सञ्चालन गर्ने तयारी भएको पोखरेलले जानकारी गराउनुभयो ।

‘सबै पालिकामा जनपरिचालन गरेर समापन गर्ने तयारी भएको छ । यस्तै अभियान समापन भएपछि २२ र २३ गते समग्र समीक्षा गर्ने उहाँले बताउनुभयो । औपचारिक रूपले अभियान समापन भए पनि मूल लक्ष्य प्राप्त नभएसम्म जारी रहने उहाँको भनाइ छ ।