वरिष्ठ पत्रकार पोखरेलको निधन

77 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । वरिष्ठ पत्रकार गोकुलप्रसाद पोखरेलको निधन भएको छ । ८७ वर्षको उमेरमा सोमबार काठमाडौंमा उनको निधन भएको हो। उहाँ दमबाट पीडित हुनुहुन्थ्यो ।

धनकुटाको कचिँडेमा जन्मिएका पोखरेलले पत्रकारिता क्षेत्रमा ४० वर्ष बिताएका थिए। २०३७ वैशाखदेखि २०४० सालसम्म गोरखापत्र दैनिकको कामु सम्पादक रहनुभएको थियो ।

गोरखापत्रकै सहप्रकाशन​ मधुपर्क मासिकमा कामु सम्पादक रहेका उनले २०३८ सालमा सम्पादकको जिम्मेवारी वहन गर्नुभयो । उहाँ गोरखापत्रकै सहप्रकाशन बालपत्रिका मुनाको संस्थापक प्रधान सम्पादक हुनुहुन्थ्यो ।

रष्ट्रिय समाचार समितिका सम्पादकसमेत रहेका ​पोखरेल नेपाल प्रेस इन्स्टिच्युटका संस्थापक सदस्य सचिव र अध्यक्ष रहनुभयो । उहाँ राष्ट्रिय मानव अधिकार आयोगका सदस्य पनि हुनुभएको थियो । उहाँ नेपाल विज्ञान प्रविधि प्रज्ञा प्रतिष्ठानका सदस्यसमेत हुनुभयो ।

विदेशमा रहेका छोरा आएसँगै आज उहाँको अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ। उहाँका श्रीमती, दुई छोरी र एक छोरा छन्।