जनतासँग माओेवादी विशेष रुपान्तरण अभियान सफल भएको माओवादीको दाबी

70 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा माओवादी केन्द्रले जनतासँग माओेवादी विशेष रुपान्तरण अभियान सफल भएको दाबी गरेको छ ।

चार महिने अभियान सम्पन्न भएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले पार्टीको संगठन तल्लो तहबाटै चलायमान भएको बताउनुभयो ।

उहाँले अभियानको क्रममा पार्टीभित्र, जनवर्गीय संगठन, मोर्चाभित्रका अन्तरविरोधहरू सतहमा आएर समस्या समाधानको जवरजस्त आधार तय भएको बताउनुभयो ।

उहाँले पालिकास्तरबाटै अभियानको प्रतिवेदन लेख्ने काम भइरहेकाले सबैको आफूहरू बैठक राखेर समीक्षा गर्ने बताउनुभयो । जनताले भ्रष्टाचारविरुद्ध सरकारले थालेको अभियानलाई अझ सशक्त रूपमा गम्भीरतासाथ अगाडि बढाउन सुझाव आएको माओवादीको भनाइ छ ।

प्रवक्ता सापकोटाले भन्नुभयो, ‘अभियानको क्रममा जनताले पहिला माओवादीको स्पष्ट दृष्टिकोण थियो त्यो संस्कार र संस्कृतिप्रति अहिले उदासिन भएको हो कि भन्ने प्रश्न राख्नुभएको छ ।’