उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त (सूचीसहित)

99 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त भएका छन्। न्याय परिषद्को बुधबार बसेको बैठकले ती न्यायाधीश उच्च अदालतमा नियुक्त गर्ने निर्णय लिएको हो।

जसमा जिल्ला न्यायाधीशतर्फबाट २६ जना, न्याय सेवातर्फबाट ४ जना र कानून व्यवसायीतर्फबाट ९ जना गरी ३९ जनालाई उच्च अदालतको न्यायाधीशमा नियुक्त गरेको हो।

जिल्ला न्यायाधीशतर्फबाट राजेन्द्र अधिकारी, वसन्तराज पौडेल, पूर्णेश्वरप्रसाद उपाध्याय, केशवप्रसाद बास्तोला, जयानन्द पनेरुलगायत उच्च अदालतको न्यायाधीश बनेका छन्।

न्याय सेवाबाट महान्यायाधिवक्ताको कार्यालयका सह-न्यायाधिवक्ताद्वय रमादेवी पराजुली र हरिप्रसाद जोशी, सर्वोच्च अदालतका सह-रजिस्ट्रार नेत्रप्रकाश आचार्य र कानून मन्त्रालयका सहसचिव कोशलचन्द्र सुवेदी न्यायाधीशमा नियुक्त भएका छन्।

कानून व्यवसायीतर्फबाट खेमराज भट्ट, अस्मिन कुमार राई, मातृकाप्रसाद भण्डारी, नरबहादुर खड्का, सानुमैया डंगोललगायतलाई न्यायाधीश बनाइएको छ।