गठबन्धन दलहरूको बैठक विना निष्कर्ष सकियो

109 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय सभा चुनावमा सिट सङ्ख्या बाँडफाँटका विषयमा बोलाइएको सत्तारूढ गठबन्धन दलहरूको बैठक विना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बुधवार बोलाउनुभएको बैठक निष्कर्षविहीन बनेको हो । बैठकमा प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीले आफूहरूलाई राष्ट्रिय सभामा ‘जिरो’ नबनाउन आग्रह गरेको कुरा प्रस्तुत गर्नुभएको र त्यसमा एमालेसँग प्रस्ताव आए छलफल गर्न सकिने कुरा पनि भएको नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँले यो विषयमा सत्तारूढ दलहरूबीच कुनै सहमति नभएकाले भोलि बिहीवार बिहान ९ बजे पुनः बैठक बस्ने सहमति गरिएको पनि बताउनुभयो ।