पर्यटनमन्त्रीविरुद्ध प्रहरीमा उजुरी

425 पटक पढिएको

१९ पुष २०८०, बिहीबार १९:५३ सम्पादक: धादिङ न्यूज

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीविरुद्ध प्रहरीमा उजुरी परेको छ। जिल्ला प्रहरी परिषर टेकुमा धार्मिक भावनामा आँच पुर्याएको भन्दै ध्रवराज लुइँटेलले हुलाकमार्फत जाहेरी दर्ता गराउनु भएको हो।

लुइँटेलले मन्त्री किरातीले कानूनी व्यवस्थाको वर्खिलापमा क्रिश्चियन धर्म नमान्ने देश द्रोही भएको अफवाह फैलाएको, अन्य धार्मिक भावनामा आघात पुर्याएको, क्रिश्चियन धर्मको प्रचारकजस्तो बनेकोलगाएत आरोप लगाउनु भएको छ।

जाहेरीमा मन्त्री किरातीलाई ३ वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना माग गरिएको जिल्ला प्रहरी परिषर टेकुले जानकारी दिएको छ।