हिजो नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकर स्वदेश फर्किए

78 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर स्वदेश फर्किनुभएको छ ।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा भाग लिन हिजो बिहीबार नेपाल आएका जयशंकर आज शुक्रबार दिउँसो त्रिभुवन विमानस्थलबाट भारतीय विमानमार्फत स्वदेश फर्किनुभएको हो । उहाँलाई विमनस्थलमै पुगेर नेपालका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले बिदाइ गर्नुभएको हो ।

नेपाल रहँदा जयशंकरले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेताहरुसँग भेट गर्नुभएको थियो ।