कांग्रेसको कार्यसम्पादन समितिको बैठक भोलि बस्दै

66 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली कांग्रेसको आज शनिवारका लागि तय भएको कार्यसम्पादन समितिको बैठक सरेको छ ।

आजका लागि तय भएको बैठक भोलि दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय सभा सदस्यको निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रमकाबारेमा छलफल गर्न बैठक बस्न लागेको हो । आगामी ११ माघमा राष्ट्रिय सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनको मिति नजिकिए पनि सत्ता गठबन्धनले भागबन्डा गरिसकेको छैन ।