राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने

66 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा सत्ता गठबन्धनका दलहरु बीचमै सिट बाँडफाँट हुने भएको छ।

आज शनिबार प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा बसेको बैठकले नेकपा एमालेसँग कुरा नमिलेकाले सत्ता गठबन्धनबीचमै राष्ट्रिय सभाका निर्वाचन हुने सिट बाँडफाँट गर्ने निर्णय गरेको हो।

बैठकका निर्णय सुनाउँदै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकारमा सहभागी ४ दलका नेताहरुको बीचमा छलफल भएको र छलफलले गठबन्धन भित्रकै दलहरुबीचमा सिट बाँडफाँट गर्ने निर्णय गरेको बताए।

सरकारमा सहभागी दलहरुको गठबन्धनले राष्ट्रिय सभाको चुनाव लड्ने बताए। प्रमुख सचेतक लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँट हुने बताए।