राष्ट्रियसभा निर्वाचनमा जसपाले पूजा चौधरीलाई उम्मेदवार बनाउने

99 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले पूजा चौधरीलाई राष्ट्रियसभा सदस्यको उम्मेदवार बनाउने भएको छ । राष्ट्रियसभाको १९ सिटमा सत्ता गठबन्धनमा भएको भागबण्डामा जसपाले मधेशको एक सिट पाएको थियो । आज बसेको जसपा कार्यकारिणी समितिको बैठकले रौतहटकी पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
चौधरी २०७९ मा भएको प्रदेशसभा निर्वाचनमा रौतहट ३ (क) मा पराजित हुनुभएको थियो । उहाँ जसपा कार्यकारिणी समिति सदस्य गोविन्द चौधरीकी छोरी समेत हुनुहुन्छ ।