सभामुख घिमिरे र आयरल्याण्डको माथिल्लो सभा अध्यक्षबीच शिष्टाचार भेटवार्ता

102 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । सभामुख देवराज घिमिरे र आयरल्याण्डको माथिल्लो सभा शाअनड एरेनका अध्यक्ष जेरि बट्टिमरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

नेपालको पाँच दिने औपचारिक भ्रमणमा आउनुभएका अध्यक्ष बट्टिमरले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा शिष्टाचार भेट गर्नुभएको हो ।

भेटका क्रममा सभामुख घिमिरे र अध्यक्ष बट्टिमरबीच दुई देशको सम्बन्धका बिस्तार र संसदमा आपसी सहयोगका बारेमा छलफल भएको संघीय संसद सचिवालयका कार्यवाहक महासचिव पद्यप्रसाद पाण्डेयले बताउनु भयो ।