विवादित ‘तपस्वी’ रामबहादुर बम्जन पक्राउ

340 पटक पढिएको

२४ पुष २०८०, मंगलवार १९:४९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले विवादित ‘तपस्वी’ रामबहादुर बम्जनलाई आज पक्राउ गरेको छ।

उनलाई काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

बाराको हलखोरिया जंगलमा तपस्या गरेपछि उनी चर्चामा आएका थिए। पछि उनी विवादमा फसेका थिए।

उनले आश्रममा यौन शोषण गरेको लगायतका उजुरी परेकाले सोही उजुरीका आधारमा पक्राउ गरिएको प्रहरी श्रोतको भनाइ छ। विगतदेखि नै प्रहरीले उनको खोजी गरिरहेको थियो।