धादिङमा ६० वर्ष माथिका जेष्ठ नागरिकविच बाघचाल, गट्टा र डण्डीबियो प्रतियोगिता
353 पटक पढिएको

नीलकण्ठ धादिङ,२५ पुस । धादिङमा ६० वर्ष माथिका जेष्ठ नागरिकविच बाघचाल, गट्टा र डण्डीबियो प्रतियोगिता सम्पन्न भएको छ । साँस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत खेलकुद प्रवर्द्धन गर्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, युनेस्कोको निमित्त नेपाल राष्ट्रिय आयोगले साँस्कृतिक सम्पदा संरक्षण तथा परम्परागत खेलकुद प्रवद्र्धन गर्ने उद्देश्यले जेष्ठ नागरिकका बिच खेलकुदको आयोजना गरिएको हो ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ९ पाल्पाभन्ज्याङमा सम्पन्न भएको गट्टा खेल प्रतियोगितातर्फ तारादेवि लम्साल प्रथम, फुलौरी श्रेष्ठ द्वितिय, कमलादेवी लम्साल तृतिय र जुनकिरी श्रेष्ठ सान्त्वना भएक छन् । यसैगरी बाघचाल खेलतर्र्फ राम्जी लम्साल प्रथम, गेरुनाथ लम्साल द्वितिय, कृष्ण बहादुर दुवाडी तृतिय र चन्द्रबहादुर भट्टराइ सान्त्वना भएका थिए।
डण्डीबियो खेलतर्फ ५/५ जनाको दुई टिम बीच ५ राउण्ड भएको खेलमा दुवल नारायण श्रेष्ठ, भोजराज सुवेदी, टंकप्रसाद खनाल, फत्तबहादुर लम्साल र ढुण्डनारायण श्रेष्ठको समुह प्रथम भएका छन् । काले दमै, गोपाल प्रसाद लम्साल, रुद्रबहादुर लम्साल, पूर्णबहादुर लम्साल र खड्गनारायण श्रेष्ठको समुह द्धितिय भएका छन् ।
विजयी खेलाडीहरुलाई नगद सहित प्रमाणपत्र र दोसल्ला ओडाएर सम्मान गरिएको शिक्षा विकास तथा समन्वय ईकाई धादिङका अधिकृत कृष्णकुमार श्रेष्ठ जानकारी दिए ।
आधुनिकताको प्रवेश संगै लोपहुने अवस्थामा पुगिसकेका परम्परागत खेलकुदको प्रतियोगिता भएकोमा कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुले खुसी व्यक्त गरेका थिए ।प्रतियोगिताको विजयी खेलाडीहरु बाघचाल र गट्टा तर्फ प्रथम, द्वतिय, तृतिय र सान्तोनालाई क्रमशः २५सय, २ हजार, १५ सय र १ हजार, डण्डी बियो प्रथम हुने खेलाडीहरुलाई जनही २ हजार र द्वितिय हुने खेलाडीलाई जनही १२ सय नगद सहित दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।