राष्ट्रिय सभा निर्वाचन: आज उम्मेदवारको नामावली प्रकाशन गरिँदै

99 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनअन्तर्गत आज उम्मेदवारको नामावली प्रकाशन हुँदैछ ।

मनोनयन दर्ता गराएका उम्मेदवारीविरुद्ध परेका दाबीविरोध र उजुरीको छानबिन गरेपछि निर्वाचन आयोगले दिउँसो नामावली प्रकाशन गर्ने आयोगको तालिका रहेको छ ।

आयोगको कार्यतालिकाअनुसार सोमबार मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध मंगलबार परेका दाबीविरोध र उजुरीमाथि दुई दिन छानबिन गरेपछि आज नामावली प्रकाशन हुन लागेको हो । गत सोमबार राष्ट्रिय सभाका १९ सिटका लागि सात प्रदेशबाट ५२ जनाको उम्मेदवारी परेको छ ।

निर्वाचनमा नाम फिर्ता लिन चाहने उम्मेदवारले शुक्रबार नाम फिर्ता गर्न सक्नेछन् । त्यसपछि शुक्रबार नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । यस्तै पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।