कांग्रेस नेता लेखक भन्छन्, राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन बाहिर मत जाँदैन

93 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनको मत गठबन्धनभन्दा बाहिर जाने स्थिति नरहेको दाबी गर्नुभएको छ ।

बिहीवार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले निश्चित मानिसहरु मतदाता भएकाले मत बाँडिने वा गठबन्धनका उम्मेदवारहरु भन्दा बाहिर मत जाने स्थिति नहुने बताउनुभएको हो ।

उहाँले मतदाता प्रदेश सभा सदस्यहरु, नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरु रहेकाले उनीहरु आफ्ना आफ्ना पार्टीका नेता भएकाले देशको समसामयिक राजनीतिक परिस्थिति बुझेर नै मतदान गर्नेमा विश्वस्त रहेको बताउनु भयो ।