राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

112 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्नुभएको छ । राष्ट्रपति पौडेलले राष्ट्रनिर्माता शाहको सिंहदरबार मुल गेट अगाडि रहेको शालिकमा माल्यार्पणसहति पुष्पगुच्छा अर्पण गर्नुभएको हो ।

नेपाल एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबार पश्चिम गेट पुगेर उहाँले शाहको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

पृथ्वी जयन्तीका अवसरमा राजनीतिक दलहरूले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । यस दिनको अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।