रेशम चौधरी नाउपाको अध्यक्षमा चयन

85 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

कैलाली। रेशमलाल चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। टीकापुरमा भएको पार्टीको पहिलो महाधिवेशनले चौधरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाका क्रममा अध्यक्षका लागि उनको मात्रै उम्मेदवारी परेको बुझिएको छ। चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए। यसअघि चौधरी पार्टीको संरक्षक थिए भने अध्यक्षमा उनकी पत्नीसमेत रहेकी रञ्जिता श्रेष्ठ चौधरी थिइन्। रञ्जिता अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छिन्।

यद्यपि निर्वाचन समितिले औपचारिक रूपमा घोषणा गर्न भने बाँकी छ। त्यस्तै वरिष्ठ उपाध्यक्षमा पनि दामोदर पण्डित निर्विरोध भएका छन् भने कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी चयन भएकी छन्। अन्य पदमा एकभन्दा बढी उम्मेदवार परेकोले सहमतिको प्रयास भइरहेको छ।