बागलुङमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु

302 पटक पढिएको

२८ पुष २०८०, शनिबार १७:०५ सम्पादक: धादिङ न्यूज

काठमाडौं । बागलुङमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज बिहान बुर्तिबाङ बजारबाट ढोरपाटन उपत्यका गइरहेको जीप ढोरपाटन नगरपालिका–५ अस्तुमा दुर्घटना भएको हो ।

दुर्घटनामा जिप चालक ढोरपाटन नगरपालिका–४ का ३० वर्षीय तिलक घर्तीमगर र चन्द्रागिरि नगरपालिका–११ काठमाडौंकी २८ वर्षीय सङ्गीता अधिकारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ ।

दुर्घटनामा नौ जना घाइते भएका छन् । जीपको ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते नौ जनाको उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार जारी छ ।