त्रिशूली नदीमा खसेको वोलेरो भेटियो, मान्छे कोहि भेटिएनन नारायणगढ मुग्लिन सडकमा दुर्घटना

111 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, २ माघ –  चितवनको मुग्लिन नारायणगढ सडक खण्डबाट त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेट भएको वोलेरो जिप नदी भित्र भेटिएको छ ।उद्धारटोलीले नदी भित्र पसेर खोजी गर्दा महिन्द्रा कम्पनिको बोलेरो गाडी रहेको र गाडी भित्र कोहि नभेटिएको जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले जानकारी दिए अनुसार आज बिहान ४ बजेर ४० मिनेटको समयमा इच्छाकामना ५ तीन नम्बर पुलबाट करिब ८५ मिटर तल नदीमा बत्ती बलेको जस्तो देखिएको जानकारी आएपछि तत्काल उद्धारटोली खटिएर खोजी कार्य थालिएको थियो ।

दुर्घटना स्थलको नदी किनारमा भारतीय गाडीको बि आर ०९ जिसि १४३० नम्बरको प्लेट र चप्पल भेटिएको थियो । त्यसमा कती जना सवार थिए भन्ने एकिन हुन नसकेको डिएसपि भण्डारीले वताए । दुर्घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय मुग्लिन र सशस्त्र प्रहरी बल कुरिनटारको गोताखोर टिम उद्धार तथा खोजीका लागि घटना स्थलमा परिचालन गरिएको थियो ।
डिएसपी भण्डारीका अनुसार चितवन प्रहरीको विपत व्यवस्थापन टोली १० जना र सशस्त्र प्रहरीको गोताखोरको टोलीसहित २५ जना प्रहरी खोजी कार्यमा लागेका थिए ।

  • तस्बिर- इच्छाखबर फेसबुकबाट