शेयर बजार आज १२ अंकले घट्यो

117 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । शेयर बजारमा करेक्सन आएको छ । हिजो मंगलबार करिब ५५ अंकले बढेको बजार आज बुधबार १२ अंकले घटेको हो । दिनभर उतार चढावकाबीच २२ सय १५ सम्म पुगको बजार १२ अंकले घटेर २१ सय ६३ मा बन्द भएको हो ।

कारोबार रकम भने मंगलबारको तुलनामा आज झन् बढेको छ । बुधबार विभिन्न कम्पनीहरुको ३ करोड ३५ लाख कित्ता शेयर ९ अर्ब ७६ करोड रुपैयाँमा खरिद बिक्री भएको हो ।

बुधबार अकिकांश उपसुचक ओरालो लाग्दा अन्य समूहमा १ प्रतिशत बढीको बृद्धि आयो भने बाणिज्य बैक, विकास बैक र लघुवित्त समूहमा सामान्य अंकको सुधार आएको छ ।

बुधबार वित्त समूह सबैभन्दा बढी ३ प्रतिशतले ओरालो लाग्यो भने जलविद्युत समूहमा पनि दुई प्रतिशत बढीले गिरावट आयो । बुधबार ६३ वटा कम्पनीको शेयर मूल्य उकालो लागेको छ भने १ सय ८० कम्पनीको मूल्य घटेको छ ।

घटेको बजारमा पनि ग्लोबल आइएमई लघुवित्तिय वित्त संस्था, नेपाल वेयरहाउस कम्पनीका शेयर भने सकारात्मक सर्किट लेवलमा कारोबार भए ।