व्यवसायी दुर्गा प्रसाईंमाथि हातपात
387 पटक पढिएको
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बागलुङमा हातपात भएको छ। बागलुङमा सभालाई सम्बोधन गर्न पुगेका प्रसाईंलाई लोकतान्त्रिक चोकमा हातपात भएको हो।
उनीमाथि हातपात गर्ने बागलुङकै धौलागिरी चोकमा जुत्ता पसल गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए।







