राष्ट्रपति पौडेलले गरे आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी

302 पटक पढिएको

४ माघ २०८०, बिहीबार १९:५२ सम्पादक: धादिङ न्यूज

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश जारी गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्नुभएको हो।

गत फागुनमै संसदमा प्रि बजेट छलफल गर्नेगरी मन्त्रिपरिषदको बुधबार बसेको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व अध्यादेश सिफारिस गरेको थियो।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा पौडेलले आज उक्त अध्यायदेश जारी गर्नुभएको शीतल निवासले जनाएको छ।