रूसी सेनामा भएका नेपालीलाई फिर्ता गर्न र नयाँ भर्ना नलिन परराष्ट्रमन्त्रीको आग्रह

78 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रूसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फिर्ता गरिदिन आग्रह गर्नुभएको छ । परराष्ट्रमन्त्री साउदले नेपाली नागरिकलाई रूसी सेनामा भर्ना नलिन पनि अनुरोध गर्नुभएको छ ।

युगाण्डाको राजधानी कम्पालामा भइरहेको नामको शिखर सम्मेलनका क्रममा परराष्ट्रमन्त्री साउदले रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँग भेटघाट गरी उक्त आग्रह गर्नु भएको हो ।

भेटका क्रममा परराष्ट्रमन्त्री साउदले केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको पनि बताउनु भएको थियो ।

युक्रेनसँग भएको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराइदिन पनि उहाँले आग्रह गर्नु भएको थियो । जवाफमा रुसी उपविदेशमन्त्रीले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गर्ने बताउनुभएको थियो ।