रुस युक्रेन युद्धमा मारिएकाको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको भट्टराईको टिप्पणी

77 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले रुस युक्रेन युद्धमा मारिएका नेपालीको शव स्वदेश ल्याउन नसक्नु लज्जाको विषय भएको बताउनुभएको छ ।

आज सामाजिक सञ्जालमा डा. भट्टराईले रोजगारीको खोजीमा युवाहरू रुस–यूक्रेन जस्ता युद्धग्रस्त क्षेत्रमा पुगेर दर्जनौँको सङ्ख्यामा मारिनु र उनीहरूको लाससम्म देशमा ल्याउन नसक्नु ठुलो राष्ट्रिय लज्जा र चिन्ताको विषय भएको भन्दै दुखेसो पोख्नुभएको छ ।

बाह्र सत्ताइसका कुरा गरेर बस्नु र आफ्नू अनुहार हेरेर आफै रमाएर बस्नु भन्दा सरकारले एक–सूत्रीय रूपमा देशमै युवाहरूलाई सम्मानजनक र आयमूलक रोजगारी सिर्जना गर्न लागी पर्नसमेत उहाँले अनुरोध गर्नुभएको छ ।

नत्र समयले कसैलाई नपर्खने डा भट्टराईको भनाइ छ ।