सभामुखले बोलाए संसदीय समितिका सभापतिको बैठक

87 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं। प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सबै विषयगत समितिका सभापतिहरुको बैठक बोलाउनु भएको छ। सभामुख घिमिरेले भोलि बिहान ११ बजे समितिका सभापतिहरुलाई छलफलमा बोलाउनु भएको हो।

सभामुखले छलफलको विषयबारे भने जानकारी नगराउनु भएको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले जानकारी दिनुभयो।

उहाँले छलफलको विषय जानकारी नदिएपनि समितिको काम कारबाही र गतिविधिबारे जानकारी लिन खोजेको अनुमान गरिएको सभापति खतिवडाले आशय व्यक्त गर्नुभयो।

घिमिरे सभामुख चयन भएको १ वर्ष पूरा भएको छ। यससम्बन्धमा पनि केही छलफल र विस्तृतिकरण हुन सक्ने उहाँको अनुमान छ।