माइतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै विरोध प्रदर्शन

102 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको भ्रातृ संगठनले माइतीघर मण्डलाको निषेधाज्ञा हटाउन माग गर्दै विरोध प्रदर्शन गरेको छ ।

आइतवार काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघरमा सरकारले लगाएको निषेधाज्ञा हटाउन माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

निषेधित क्षेत्रमा विरोध प्रदर्शन गरेसँगै उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले माइतीघरको निषेधाज्ञा खारेज गर्, अभिव्यक्ति स्वतन्त्रता कामय गर् लगायतका प्लोकार्ड र नारा लगाएर विरोध प्रदर्शन गरेका थिए ।