अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चालगायत ६ जनालाई पक्राउ गर्न अदालतले दियो अनुमति

90 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । १५ वर्षअघि एक युवकको हत्या अभियोगमा नेकपा माओवादी केन्द्रनिकटको विद्यार्थी संगठनकी केन्द्रीय अध्यक्ष पञ्चा सिंहलगायत ६ जनालाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता इन्स्पेक्टर कृष्णबहादुर खड्काका अनुसार कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या संलग्न आरोपमा उनीहरूलाई पक्राउ गर्न अदालतले शुक्रबार अनुमति दिएको हो ।

अदालतबाट पक्राउको अनुमति पाइसकेकाल निजहरूको खोजी गरिरहेको खड्काले बताउनुभयो ।

सुर्खेतको जनमाविमा अध्ययनरत् राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिनुभएको थियो ।