एमाले धादिङको नवौं अधिबेशन २०८० माघ १९ र २० गते  अधिबेशनको उद्घाटन माघ १९ गते एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट हुने

414 पटक पढिएको

८ माघ २०८०, सोमबार ०६:३३ सम्पादक: धादिङ न्यूज

धादिङ, ८ माघ,२०८० – “सुदृढ संगठन एकताको आधार –  एमालेको संकल्प जनताको सरोकार” भन्ने नारा सहित नेकपा एमाले धादिङ को ९ औं जिल्ला अधिवेशन २०८० माघ १९ र २० गते  हुने भएको छ । अधिबेशनको उद्घाटन माघ १९ गते शुक्रवार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबाट हुने नेकपा एमाले धादिङले जनाएको छ । आईतबार धादिङबेसीमा पार्टी प्रचार प्रसार समितिको बैठकलाई सम्वोधन गर्दै एमाले धादिङ अध्यक्ष भूमि त्रिपाठीले अधिबेशनको बारेमा जानकारी दिनु भएको हो ।प्रचार प्रसार समितिको बैठकमा प्रेस चौतारीका पदाधिकारी तथा सदस्यहरु, प्रचार विभाग सदस्य, पार्टीका जिल्ला तथा प्रदेश कमिटीका सदस्यहरुका साथै केन्द्रिय लेखा आयोगका सदस्य मिनराज कँडेलको समेत उपस्थिती रहेको थियो ।

अधिबेशनको वन्द सत्रमा जिल्लाभरका करिब ६ सय प्रतिनिधिहरुले भाग लिनेछन् । जिल्ला अधिवेशनमा जिल्लाका १ सय ४ वडाबाट समाबेशी ढंगले प्रतिनिधिको सहभागिता हुनेछ ।उद्घाटन कार्यक्रम सकिए लगत्तै वन्द सत्र शुरु हुने र वन्द सत्रले पार्टीको भावी नेत्तृत्वको चयन गर्ने वताईएको छ ।

अधिबेशन उद्घाटन कार्यक्रमलाई भव्य वनाउन साँस्कृतिक झाँकीका साथै  पार्टी संगठित सदस्यहरु,अगुवा कार्यकर्ता. शुभचिन्तकहरुको व्यापक सहभागिता रहने अध्यक्ष त्रिपाठीले वताउनु भयो ।

अधिबेशनको मिति तोकिएसंगै एमाले धादिङको भावी नेत्तृत्व कस्तो हुने भन्ने बारेमा एमालेको नेता कार्यकर्ता, शुभचिन्तकहरुमा बहस र विभिन्न अड्कलवाजी शुरु हुन थालेका छन् ।