पशुपति क्षेत्र विकास कोषकी निर्देशक लक्ष्मी पुनलाई काम गर्न रोक

83 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई काम गर्न रोक लगाएको छ । अदालतले पुनको नियुक्ति रोकिदिएको हो ।

योग्यता र मापदण्ड नपुगेको भन्दै कार्यकारी निर्देशक पुनको नियुक्तीविरुद्ध परेको रिटमा उच्च अदालत पाटनले नियुक्ती कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

पुनविरुद्ध पुस २९ गते कोषकै भरत मरासिनीले रिट दायर गर्नुभएको थियो । न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

पुस ४ गते बसेको पशुपति क्षेत्र विकास कोषको परिषद् बैठकबाट पुन कार्यकारी निर्देशकमा नियुक्त हुनु भएको थियो ।