कुनै किसिमको सहकारीको पैसा नलिएको रवि लामिछानेको दाबी

92 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले ग्यालेक्सी टेलिभिजनको जागिर छाड्दा कुनै किसिमको सहकारीको पैसा नलिएको स्पष्ट पारेका छन् । आज सोमबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा उनले यस्तो स्पष्ट पारेका हुन् ।

सञ्चार माध्याममा आएजस्तो आफ्नो खातामा १ करोड ८० लाख जम्मा भएको कुरा झुटो भएको समेत उनले दाबी गरेका छन् । ग्यालेक्सी टेलिभिजनको जागिर छाडेर निस्किँदा १५ प्रतिशत शेयरको नाममा उनले १ करोड ८० लाख आफ्नो निजी खातामा सारेको विषय बाहिरिएको थियो।

सहकारी र लघुवित्तले जनतालाई दुस्ख दिएको र यसलाई समाधान गर्नुपर्नेमा आफ्नो पार्टी दृढ रहेको उनले बताए।