अयोध्यामा भगवान् रामको प्राणप्रतिष्ठा गरियो

88 पटक पढिएको

सम्पादक: Dhading News

काठमाण्डाै – भारतको अयोध्यामा बनेको राम मन्दिरमा विश्वकै ध्यान तान्ने गरी आज भगवान् रामको प्राणप्रतिष्ठा सम्पन्न भएको छ । अर्थात् भगवान् रामको प्राणलाई मूर्तिमा सारिएको छ । प्राण प्रतिष्ठालाई भारतले (अझ भनौँ भारतीय जनता पार्टीले) त आफ्नै प्रतिष्ठाको रूपमा हेरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको निर्माण र प्राणप्रतिष्ठालाई भारतीय इतिहासकै सर्वोच्च दिनको रूपमा व्याख्या गर्दै सयौँ वर्षको प्रतिक्षा र धैर्यतापछि आजको दिन आएको पनि उल्लेख गर्नुभयो । भारतमा धर्मको नाममा भइरहेको राजनीतिक पृष्ठभूमि, अयोध्याको बाबरी मस्जिद र राममन्दिर, आज सकिएको प्राणप्रतिष्ठासहित नेपालमा पर्न सक्ने प्रभावबारेकाे नालीबेली :

उत्तर प्रदेश राज्यको अयोध्या नगरीमा विशाल र भव्य राममन्दिर खडा भएको छ । मन्दिर बनाउन १८ अर्ब भारु खर्च भएकोमा सरकारले जम्मा १ अर्ब मात्रै बजेट दियो, बाँकी चन्दा र सहयोगबाटै जुट्यो । मन्दिरका लागि अर्बाैँ रुपैयाँ, कयौँ क्विन्टल सुन चाँदी सबै दानबाट आएको छ, यति धेरै पैसा उठ्यो कि, ‘अब सहयोग नगर्नुहोस्’ भनेर घोषणा नै गर्नुपर्‍याे । मन्दिरको पूरै क्षेत्र १ सय १२ बिघा क्षेत्रमा फैलिएको छ ।