राष्ट्रिय सभा निर्वाचनको लागि मौन अवधि शुरु

81 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनको लागि मौन अवधि शुरु भएको छ । गएराति १२ बजेदेखि मौन अवधि शुरु भएको निर्वाचन आयोगले जनाएको छ । यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र चुनाव प्रचारप्रसार गर्न पाइँदैन ।

सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोस्ट वा सेयर गर्न वा गराउन नहुने आयोगले जनाएको छ । आयोगका अनुसार चुनावको सबै तयारी पूरा भएको छ ।

चुनावमा प्रदेश सभा सदस्यका लागि सेतो रङको कागजमा हरियो रङको निर्वाचन चिह्न रहेको मतपत्र र पालिकाका प्रमुख र उपप्रमुखहरूका लागि सेतो रङको कागजमा रातो रङको निर्वाचन चिह्न रहेको मतपत्र तयार गरी मतदान केन्द्रमा पठाइसकिएको छ । निर्वाचन पर्सी ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म हुँदै छ ।