जनताका समस्या सम्बोधन गर्न एमालेले गरायो ज्ञापनपत्रमार्फत सरकारको ध्यानाकर्षण

81 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले जनताका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल प्रचण्डलाई भेटेर एमाले अध्यक्ष केपी ओलीसहित पदाधिकारीहरूको प्रतिनिधिमण्डलले मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को क्रममा प्राप्त भएका मध्यपहाडका समस्या, सम्भावना र चुनौती समेटिएका ७५१ वटा मागसहितको ज्ञापनपत्र बुझाएको हो ।

पार्टी अध्यक्ष ओलीले नागरिकका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई आग्रह समेत गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङको १८ दिने यात्राका क्रममा स्थानीय रूपमा प्राप्त भएका ४६ वटा विषयका ७ सय ५१ वटा माग प्रधानमन्त्रीलाई बुझाएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

ज्ञापनपत्रमा सडक पूर्वाधार, अस्पताल, विद्यालय, मोटरेवल पुल, कृषि, पशुपालन, विद्यालय र उत्पादित कृषि वस्तुको बजार व्यवस्था सम्बन्धी विषय समेटिएका छन् ।

ओलीले नागरिकबाट आएका मागलाई सरकारको नीति तथा कार्यक्रम समावेश गरी कार्यान्वयन गर्न माग गरेका छन् ।