रवी लामिछानेविरुद्ध उजुरी

130 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध संसदीय समिति र सभामुख देवराज घिमिरेसमक्ष उजुरी परेको छ।

रवी लामिछाने ३५ हजार बचतकर्ताको करिब ५२ करोड घोटाला प्रकरणमा मुछिएको र त्यसको छानविन गर्न माग गर्दै प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा र सभामुख देवराज घिमिरेसमक्ष उजुरी परेको हो ।

लामिछानेविरुद्ध युवराज पौडेल ‘सफल’ले उजुरी दिनुभएको हो। उहाँले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सभामुख देवराज घिमिरेसमक्ष छानविनको माग गर्दै आज उजुरी दिनुभएको हो।

सफलले लामिछाने ग्यालेक्सी फोर के टेलिभिजनको सञ्चालक हुँदा सहकारीको ५२ करोड रुपैयाँ लगानी भएको उजुरीमा दाबी गर्नुभएको छ।