राष्ट्रिय सभाको लागि भएको मतदान सकियो

69 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । आज बिहान ९ बजेदेखि भएको राष्ट्रिय सभाको लागि मतदान सकिएको छ । आगामी फागुन २० गतेदेखि रिक्त हुने राष्ट्रिय सभाका १९ सदस्यका लागि भएको निर्वाचन सातै प्रदेशमा शान्तिपूर्ण ढंगबाट सम्पन्न भएको हो। मतदानको समय दिउँसो ३ बजेसम्म तोकिएको थियो ।

१९ पदका लागि ५१ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। मतदान सकिएसँगै अब राजनीतिक सहमति गरी तुरुन्तै मतगणना कार्य सुरु हुने र आजै मत परिणाम आउने पनि आयोगले जनाएको छ।

राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ।