राष्ट्रिय सभा निर्वाचनमा मधेशको दुई सिटमा कांग्रेसका ढुंगाना र जसपाकी चौधरी निर्वाचित

78 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनमा मधेश प्रदेशको दुई सिटमा गठबन्धनका उम्मेदवार कांग्रेसका आनन्दप्रसाद ढुंगाना र जनता समाजवादी पार्टीकी पूजा चौधरी निर्वाचित हुनुभएको छ । राष्ट्रिय सभाका मधेशमा खाली दुई सिटमध्ये अन्यमा कांग्रेसका ढुंगाना र महिलामा जसपाकी चौधरीले उम्मेदवारी दिनुभएको थियो।
कांग्रेस उम्मेदवार ढुंगानाले ७ हजार ३ सय ७० मतभार पाउनुभयो भने जसपाकी चौधरीले ७ हजार ९ सय २९ मतभार ल्याएर निर्वाचित हुनुभएको छ । एमालेका तर्फबाट उषादेवी थरुनी र बिजेता झा उम्मेदवार हुनुहुन्थ्यो। जनमत पार्टीले भने अन्यमा रामाशंकर महासेठलाई उम्मेदवार बनाएको थियो ।
राष्ट्रिय सभाको निर्वाचनमा मधेशको १ सय ३६ पालिकाको शतप्रतिशत र प्रदेशसभाका १ सय ७ जना सांसदमध्ये १ सय ६ जनाले मतदान गरेका थिए । लोसपाका सांसद अभिराम शर्मा मतदान सहभागी हुनभएन। मधेशमा कुल मतभार १० हजार ८ सय ३९ छ ।