कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी

104 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं । कोशी प्रदेशको राष्ट्रियसभा निर्वाचन परिणाममा कृष्णप्रसाद सिटौला विजयी हुनुभएको छ ।

उहाँले एमाले राप्रपा गठबन्धनबाट उम्मेदवार भएका उद्धव पौडेललाई पराजित गर्नुभएको हो । २ जना प्रदेशसभा सदस्यले फ्लोर क्रस गरेर पौडेललाई मत हालेपनि स्थानीय तह तर्फबाट भने उनले मत पाउन सक्नुभएन ।

उहाँले स्थानीय तह तर्फबाट भने १०९ जनाको मात्रै मत पाउनुभयो । राष्ट्रियसभाको अध्यक्ष बनाउने गरी सिटौलालाई कोशीबाट उम्मेदवार बनाइएको थियो ।

उहाँलाई प्रदेशसभा सदस्यमध्ये ४५ जनाले मात्रै मत हाले । उहाँका प्रतिस्पर्धी राप्रपाका उद्धव थापालाई भने ४७ जनाले मत हालेका छन् । कोशी प्रदेश सभामा सत्ता गठबन्धनका ४७ जना प्रदेशसभा सदस्य छन् । राप्रपा र एमालेको भने ४५ जना मात्रै छन् । एकजनाको मत भने बदर भएको छ ।